पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुहोस्: मन्त्री किराँती
काठमाडाैं | माघ १५, २०७९
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
आइतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको बताउनुभयो । उहाँले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमान्दारिताका साथ गर्न निर्देश गर्नुभयो ।
मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उहाँले बताउनुभयो । नेपालको संविधान कानूनअनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डरअनुसार सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन मन्त्री किराँतीले निर्देशन दिनुभयो । गौतमबुद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनुभयो ।
मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालले गौरवका साथ विश्वमा गौतमबुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन, लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतमबुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ ।”
“लुम्बिनीमा गाई ल्याएर चराइन्छ रे, त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्” गौतमबुद्धका विषयमा बाहिर गलत प्रचार भइरहेको उहाँले बताउनुभयो । लुम्बिनीको विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन भएन ? उहाँले जिज्ञासा गर्नुभयो ।
उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो । कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीबाट क्यालेण्डरअनुसार कामको परिणाम चाहेको बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरुलाई जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न निर्देश गर्नुभयो ।
देशको हीतविपरित हुने क्रियाकलाप नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले नीतिमा कहाँ सहयोग गर्नुपर्ने हो सुझाव दिन उहाँले आग्रह गर्नुभयो । सरकारको तर्फबाट आफू सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनुभयो । सचिव अधिकारीले बजेटको कमी, बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताउनुभयो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

